birat ribon

जाडोमा आँखा सुक्खा हुने सम्भावना धेरै, यी कुरामा ध्यान दिन जरुरी

Neuro
जाडोमा आँखा सुक्खा हुने सम्भावना धेरै, यी कुरामा ध्यान दिन जरुरी

विराटनगर । जाडो महिनामा आँखा सुक्खा हुने सम्भावना धेरै हुन्छ । मौसम परिवर्तन, घर भित्रको आर्द्रता कम भएमा, हावा, चिसो तापक्रम, र हिटरलगायतका विभिन्न कोठाको तापक्रम बढाउने हिटिङ सिस्टमले सुक्खा आँखा र जलन निम्त्याउँन सक्छ ।

चिसो र हावाले पहिलेदेखि नै आँखा सुक्खा हुने समस्या भएको मानिसलाई थप जोखिममा पार्छ । आँखाले पर्याप्त आँसु उत्पादन गर्न नसक्दा वा कम–गुणवत्ताको आँसु उत्पादन गर्दा आँखा सुक्खा हुने गर्छ ।

cura insider

आँखा राता हुनु, आँखामा केही छ भन्ने भावना, बढ्दो प्रकाश संवेदनशीलता, एक वा दुवै आँखामा घोचेको, पोलेको वा चिलाएको जस्तो अनुभव भएमा, लेन्स लगाउन असहज भएमा, धमिलो दृष्टि र आँखामा थकान सुक्खा आँखाको केही लक्षण हुन् ।

आँखाबाट अत्यधिक आँसु वा पानी बग्नु वा कचेरा आउनु पनि आँखा सुक्खा भएको सङ्केत हुनसक्छ । आँखालाई सुक्खा हुनबाट बचाउनका लागि बाहिर हिँड्दा आँखालाई घाम तथा धुलोबाट जोगाउने, ल्यापटप, मोबाइलको स्क्रिन टाइम कम गर्ने, आँखालाई आराम दिने, प्रशस्त मात्रामा पानी पिउने, ओमेगा ३ भिटामिन ए, सी र ईले भरिएको पोषिलो खाना खाने (गाँजर, माछा, ओखर, एभोकाडोलगायतका खाना) बाराम्बार आँखा झिम्काउने, हिटरको अगाडि नबस्ने, कपाल सुकाउन ड्रायरको प्रयोग नगर्ने, चुरोट रक्सी तथा कफिको सेवन नगर्ने, आँखालाई हातले नछुने, सुत्नुअगाडि आँखाको मेकअप हटाउने, तथा आँखालाई सुक्खा हुन नदिने आई ड्रप्सको प्रयोग गर्न सकिन्छ ।

लक्षण गम्भीर हुँदैगएमा, तीव्र दुखाइ वा लामो समय सुक्खा आँखाबाट पीडित भएमा आँखाको चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । केही अवस्थामा, सुक्खा आँखाले गम्भीर आँखा स्वास्थ्य समस्या दर्साउँछ वा आँखामा सङ्क्रमण वा आँखामा क्षतिसमेत निम्त्याउन सक्छ ।

jackson ribon