birat ribon

पराजयबाट निराश छैनन् जिदान, भन्छन्– सुपर कपबाट बाहिरिनु असफल हुनु होइन

Neuro
पराजयबाट निराश छैनन् जिदान, भन्छन्– सुपर कपबाट बाहिरिनु असफल हुनु होइन

विराटनगर । रियल मड्रिड १ डिसेम्बरयता बिहीबार पहिलोपटक पराजित हुनपुग्यो । गए राति स्पेनिस सुपर कपअन्तर्गत सेमिफाइनल खेलमा एथ्लेटिक बिल्बाओसँग २–१ गोलले पराजित भएपछि ऊ सिजनको पहिलो उपाधि जित्ने अभियानबाट टाढियो ।

स्पेनस्थित ला रोसालेडा रङ्गशालामा भएको खेलमा एथ्लेटिकलाई जिताउन राउल गार्सियाले दुई गोल गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काए । ११ पटकको सुपर कप विजेता रियललाई हराउँदै फाइनल पुगेको एथ्लेटिकले १७ जनवरीमा उपाधिका लागि बार्सिलोनासँग खेल्नेछ ।

cura insider

बार्सिलोना बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगिसकेको छ । पहिलो सेमिफाइनलअन्तर्गत बार्सिलोनाले पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक स्थान बनाएको हो ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान भने एथ्लेटिकसँगको हारबाट विचलित छैनन् । उनले सुपर कपबाट बाहिरिनु असफलता नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई पहिलो हाफमा कठिन भएको थियो । हामीले बल राम्ररी भेट्टाउन सकिरहेका थिएनौं । उनीहरूले दुई गोल गरेपछि हामीलाई गाह्रो भयो । दोस्रो हाफमा केही मौका पाउँदा पनि गोल गर्न सकेनौं,’ उनले भने ।

‘तर, यो असफलता होइन । सुपर कपबाट बाहिरिनु असफलता होइन । बरु प्रयास नगर्नुचाहिँ असफलता हो । हामीले मैदानमा सबै कुरा दिएका थियौं । जीवनमा सबैथोक जितिन्छ भन्ने पनि छैन’, उनले थपे ।

jackson ribon