birat ribon

सुन्तलाको मूल्य हालसम्मकै उच्च

Neuro
सुन्तलाको मूल्य हालसम्मकै उच्च

सोलुखुम्बु । सोलुखुम्बुमा अहिले प्रतिकेजी सरदर एक सय २० रुपैयाँसम्म सुन्तलाको खरिद–बिक्री भइरहेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

Padelux insider
cura insider

अघिल्ला वर्षहरूमा प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्ममा सुन्तला खरिद–बिक्री हुन्थ्यो । तर, अहिले सुन्तलाको मूल्य बढेर एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म पुगेको व्यापारीले बताएका छन् ।

सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्य वृद्धि भएको स्थानीय कृषक बताउँछन् । जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोसी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो ।

विगतको तुलनामा सुन्तला उत्पादनमा करिब ७५ प्रतिशत कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताए ।

सुन्तलामा किरा पर्नुका साथै बढी वर्षा भएकाले समस्या भएको अर्का कृषक सविन राईको भनाइ छ । केही वर्षदेखि सोलुखुम्बुमा सुन्तला जोन क्षेत्र नै निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सम्पर्क कार्यालय सोलुखुम्बुले प्रभावकारी रूपमा किसानको समस्या समाधान गर्न नसक्दा सुन्तला किसासलाई मर्का परेको उत्पादक किसानको गुनासो छ ।

jackson ribon