birat ribon

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को सिक्वेल बन्ने

Neuro
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को सिक्वेल बन्ने

विराटनगर । वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को सिक्वेल निर्माण हुने भएको छ ।

धरानमा आयोजित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को विशेष शोमा विशेष अतिथिको रूपमा आएका अभिनेता श्रेष्ठले दर्शक प्रतिक्रिया लिने क्रममा फिल्मको सिक्वेल आउने बताएका हुन् ।

cura insider

फिल्मको अन्त्यमा सस्पेंस राख्दै निर्माण टिमले बाँकी कहानी सिक्वेलमा देखाइने सङ्केत दिएका छन् ।

कमजोर कथा र खराब डबिङ्गका कारण दर्शकले फिल्मलाई रुचाएका छैनन् । फिल्मको कहानी बुझिनसकिएको र फिल्ममा प्रियङ्का कार्की, वर्षा राउत, सञ्जोक कोइरालालगायतका थुप्रै कलाकारको डबिङ्ग राम्रो नभएको दर्शकको गुनासो छ ।

यहीँ फिल्मबाट अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । फिल्ममा शिव श्रेष्ठ, प्रियङ्का, वर्षा, सञ्जोगका साथै आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ ।

jackson ribon