birat ribon

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज

Neuro
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज

विराटनगर । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आज (शुक्रबार) बिहान ११ बजेबाट सुरु हुँदै छ ।

हैदरावाद हाउसमा आयोजना हुने बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको छ । बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार भारत प्रस्थान गरेका थिए ।

cura insider

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड(१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख भए पनि त्यस विषयमा भारतले भने छलफल नचलाउने संकेत दिएको छ ।

बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार नेपाल फर्कने छन् । भारतमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने चर्चा चले पनि त्यसबारे अहिलेसम्म केही सार्वजनिक नभएको बताइएको छ ।

jackson ribon