birat ribon

इन्डोनेसियामा २४ घण्टाभित्र दुई पटक गयो भूकम्प, तीन जनाको मृत्यु

Neuro
इन्डोनेसियामा २४ घण्टाभित्र दुई पटक गयो भूकम्प, तीन जनाको मृत्यु

विराटनगर । इन्डोनेसियामा पछिल्लो २४ घण्टाभित्र दुई पटक भूकम्प गएको छ । शुक्रबार बिहान गएको भूकम्पमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

सरकारी अधिरकारीले मृत्यु हुनेको संख्या बढ्न सक्ने र धेरै मानिस हाताहती भएको अनुमान गरेका छन् । बिहान इन्डोनेसियामा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले सो क्षति पुर्याएको हो । उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कैयौं व्यक्तिहरु घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

cura insider

सात सेकेन्डसम्म जमिन हल्लिएपछि आत्तिएका मानिसहरू घर छोडेर बाहिर निस्किएका थिए। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको निवास पूर्ण रूपले क्षति भएको जनाएको छ।

बिहीबार पनि सोही क्षेत्रमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। २४ घण्टाभित्र दुई पटकसम्म भूकम्पको धक्का महसुश गरिएपछि सबै सर्वसाधारणलाई सुरक्षित रहन सचेत गराइएको छ । बिहीबार गएको भूकम्पमा कुनै क्षति भएनभएको बारेमा केही बताइएको छैन । शुक्रबार बिहान भूकम्प आए पनि सुनामीको चेतावनी भने दिइएको छैन।

jackson ribon