birat ribon

स्वस्थ्य रहन डब्ल्यूएचओले जारी गर्यो व्यायामको नयाँ गाइडलाइन

Neuro
स्वस्थ्य रहन डब्ल्यूएचओले जारी गर्यो व्यायामको नयाँ गाइडलाइन

विराटनगर । लामो अध्ययन र अनुन्धानपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शारीरिक व्यायाम सम्बन्धी नयाँ डाइडलाइन तयार गरेको छ ।

Padelux insider
cura insider

विश्वभर फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा धेरै मानिस घरभित्रै रहेको र आवश्यक व्यायाम गर्न नपाएको विषयलाई मध्यनजर गर्दै डब्ल्यूएचओले नयाँ गाइडलाइन तयार पारेको हो । घरभित्र मात्रै बस्दा व्यायाम शून्य बराबर भएर मानिसमा शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर परेको जनाउँदै उसले व्यायामका नयाँ गाइडलाइन तयार पारेर जारी गरेको छ । डब्ल्यूएचओले शारीरिक र मानसिक रुपमा मानिस स्वस्थ्य रहन व्यायाम आवश्यक रहेको निस्कर्ष निकालेको छ । हरेक व्यक्तिले दैनिक व्यायाम गर्न सुरु गरेको खण्डमा हरेक वर्ष हुने ४० देखि ५० लाख मृत्यु रोक्न सकिने निस्कर्ष डब्ल्यूएचओको छ ।

संसारमा करिब २७.५ प्रतिशत वयस्क र ८१ प्रतिशत किशोरले डब्ल्यूएचओको गाइडलाइन पूरा गर्दैनन् । पछिल्लो एक दशकमा यसमा केही सुधार पनि देखिएको छ । तर पनि मानिसले आफ्नो शरीरलाई आवश्यक पर्ने व्यायाम नगरिरहेको पाइएको छ ।

धेरैजसो देशमा पुरुषको तुलनामा महिला कम शारीरिक व्यायाम गरिरहेका छन् । यस्तै, भिन्न भिन्न देशमा मानिसहरुबीच, धनी र गरिबबीच व्यायाममा निकै अन्तर देखिएको छ । डब्ल्यूएचओले आफ्नो गाइडलाइनमा फिट रहनका लागि हरेक उमेरका मानिसहरुलाई भिन्नभिन्न शरीरिक व्यायाम गर्न सुझाएको छ । पहिलो पटक गाइडलाइनमा लगातार बसिरहने बानी त्यसले निम्त्याउने स्वास्थ्य जोखिमबारे जानकारी दिइएको छ । साथै यसमा गर्भवती, आमा बनिसकेका र अपाङ्गता भएका मानिसहरुका लागि सुझाव दिइएको छ ।

डब्ल्यूएचओले नयाँ गाइडलाइनमा छ वटा महत्वपूर्ण विषयलाई समेटेको छ ।

१, व्यायामले मुटु, शरीर र दिमागलाई फिट राख्छः

दैनिक व्यायाम गरेर विभिन्न प्रकारको रोगमाथि नियन्त्रण पाउन सकिन्छ । यसमा मुटु, मधुमेह र क्यान्सरजस्ता रोग समावेश छन् । संसारमा एक चौथाई मत्यु यसै कारण हुने गर्छ । शारीरिक व्यायामले डिप्रेशन र एङ्जाइटीमा कमी आउँछ । यसबाहेक सोच्ने, सिक्ने र फिट रहने मामिलामा सक्रिय राख्छ ।

२, हरेक हप्ता १५० देखि ३०० मिनेटसम्म एरोबिक एक्टिभिटीः

एक वयस्क स्वस्थ रहनका लागि हरेक हप्ता १५० देखि ३०० मिनेटसम्म एरोबिक एक्टिभिटी गर्नुपर्छ । बालबालिकाले दैनिक कम्तीमा ६० मिनेटसम्म गर्नुपर्छ ।

३, हरेक प्रकारको शारीरिक व्यायाम फाइदाजनकः

फिट रहनका लागि विशेष प्रकारका केही एक्टिभिटी मात्रै गर्नुपर्छ भन्ने छैन । यसका लागि कुनै प्रकारको काम जसमा मिहिनेत समावेश हुन्छ, त्यो समावेश गर्न सकिन्छ । यसबाहेक कुनै पनि खेल खेल्न सकिन्छ । साइक्लिङ वा वाकिङ गर्न र दौडन सकिन्छ ।

४, मांसपेशीले शक्ति पाउँछः

६० देखि ६५ वर्षका वृद्धवृद्धा पनि शारीरिक रुपमा सक्रिय रहनुपर्छ । यसले उनीहरुको मांसपेशी बलियो बनाउँछ । साथै शारीरिक कमजोरी हुँदैन । स्वास्थ्य पनि उत्कृष्ट रहन्छ ।

५, धेरै बेरसम्म बसिरहँदा बिरामी भइन्छ :

जो मानिसहरु शारीरिक रुपमा सक्रिय हुँदैनन् र लामो समयसम्म एकै स्थानमा बसिरहन्छन्, उनीहरुमा क्यान्सर, मुटुरोग र मुधुमेह जस्ता रोगको खतरा बढी हुन्छ । यस्तोमा यदि तपाईं स्वस्थ रहनुपर्छ भने धेरै बेरसम्म बस्ने तपाईंको बानी कम गर्नुपर्छ । शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

६, एकै ठाउँमा बसिरहने बानी हटापर्छ :

जो व्यक्तिले पनि आफ्नो जीवनशैलीमा शारीरिक व्यायाम बढाउनुपर्छ । गर्भवती महिला, आमा भइसकेका महिला र अपाङ्गता भएका व्यक्ति एकै स्थानमा बसिरहनबाट जोगिनुपर्छ ।

केही आवश्यक कुरा थाहा पाउनुपर्छः

५ देखि १७ वर्षका बालबालिकाका लागिः

गाइडलाइनमा बताए अनुसार ६ देखि १७ वर्षका बालबालिका तथा किशोरले दैनिक कम्तीमा ६० मिनेट शारीरिक व्यायाम गर्नुपर्छ । यसो गर्दा बच्चा फिट हुन्छन्, उनीहरुलाई मुटुसँग सम्बन्धित समस्या हुँदैन । उनीहरु मानसिक रुपमा पनि स्वस्थ रहनेछन् । बालबालिकाहरुलाई धेरै बेरसम्म बसाइराख्न हुँदैन ।

१८ देखि ६४ वर्षका मानिसहरुका लागिः

१८ देखि ६४ वर्षका मानिसहरु हरेक हप्ता ३ देखि ४ घण्टा एरोबिक व्यायाम पक्कै गर्नुपर्छ । यसका साथै हप्तामा दुई दिन मांसपेशीलाई बलियो बनाउने व्यायाम गर्नुपर्छ ।

गर्भवती महिलाका लागिः

शारीरिक व्यायामले गर्भावस्थाको समयमा सुत्केरी भएपछि पनि सकारात्मक असर पार्छ । गर्भवती र सन्तान जन्माइसकेका महिलाले हप्तामा ३ घण्टा व्यायाम गर्न आवश्यक छ । यसमा स्ट्रेचिङ र मांसपेशीलाई बलियो बनाउने व्यायाम पनि हुनसक्छ । यसले प्रि एक्लेमप्सिया, जेस्टेशनल हाइपरटेन्सन र जेस्टेशनल डायबिटिजको खतरा कम हुन्छ । डिप्रेशन र स्टिल बर्थको जोखिम पनि कम हुन्छ ।

रोगसँग लगिरहेका मानिसहरुका लागिः

डब्ल्यूएचओका अनुसार शारीरिक व्यायाम ती व्यक्तिका लागि आवश्यक छ जो पहिले नै थुप्रै रोगसँग जुधिरहेका छन् । जस्तै, हाइपरटेन्सन, मधुमेह, एचआईभी र क्यान्सर । यस्ता मानिसहरुले हप्तामा ३ देखि ५ घण्टा स्लो एरोबिक एक्टिभिटी र १ देखि ३ घण्टासम्म तीब्र गतिको एरोबिक एक्टिभिटी गर्नुपर्छ ।

अपाङ्गता भएकाहरुका लागिः

अपाङ्गता भएकाका बालबालिकाका लागि ६० मिनेटसम्म शारीरिक व्यायाम गर्नुपर्छ । यसमा मांसपेशीसँग जोडिएको व्यायाम आवश्यक छ । हप्ताभरी ३ देखि ५ घण्टा एरोबिक व्यायाम पनि गर्नुपर्छ । यसले अपाङ्गतामा सकारात्मक परिवर्तन आउँछ ।

jackson ribon