birat ribon

युगान्डामा अनुभवी राष्ट्रपतिलाई युवाको चुनौती

Neuro
युगान्डामा अनुभवी राष्ट्रपतिलाई युवाको चुनौती

विराटनगर । युगान्डामा मुलक सञ्चालन गरेको लामो अनुभव बटुलेका राष्ट्रपतीलाई ३८ वर्षे युवाले चुनौती दिएका छन् ।

युवा युगान्डाका पप स्टार हुन् । त्यहाँको राष्ट्रपतीय निर्वाचनमा अफिकाकै सबैभन्दा लामो समय सत्तामा रहेका नेता ७६ वर्षीय नेता योवेरी मुसेभेनीलाई पप स्टारको छवि बनाएका युवा रोवर्ट क्यागुलान्यीले चुनौती दिइरहेका हुन् । रोवर्ट क्यागुलान्यीलार्य स्टेजमा ‘बोबी वाइन’ भनेर चिनिन्छ ।

cura insider

उनले मुलुकमा नयाँ र युवा पुस्ताको प्रतिनिधित्व गर्ने जनाएका छन् । ७६ वर्षीय नेता योवेरी मुसेभेनीले देशको स्थिरताका लागि आफ्नो उम्मेदवारी परेको दाबी गरेका छन् ।

गम्भीर हिंसात्मक घटनाहरूले चुनाव प्रचार–प्रसार अभियानलाई अवरोध गरिरहेको छ । यस्ता घटनामा अहिलेसम्म दर्जनौं मानिसको ज्यान गइसकेको छ । सरकारले अहिले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मुसेभेनीले फेसबुकले आफ्नो सत्तारुढ पार्टीलाई समर्थन गर्ने थुप्रै एकाउन्ट बन्द गरेकाले बाध्य भएर यो कदम उठाउनुपरेको स्पष्ट पारेका छन् ।

युगान्डाली प्रहरीले चुनावको दिन राजधानी कम्पालाका घर–घरका छानामा सुरक्षाकर्मी तैनाथ गरिने जानकारी दिएको छ । अहिले सशस्त्र सवारीसाधनले सडकहरूमा गस्ती गरिरहेका छन् । लगातार ३५ वर्ष सत्तामा रहँदै आएका मुसेभेनीले छैठौं कार्यकालका लागि चुनाव लड्न लागेका हुन् । राजधानी कम्पालालगायत मुलुकका अन्य थुप्रै जिल्लामा चुनाव प्रचारमाथि रोक लगाइएको छ ।

विपक्षीहरूले आफँहरूको बलियो पकड भएकाले त्यहाँ प्रचार कार्य रोकिएको दाबी गरेका छन् भने सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो कदम चालिएको बताएको छ । बोबी वाइनलगायत उनका समर्थक एवं प्रचार अभियन्ताहरूलाई पटक–पटक पक्राउ गरिसकेको छ । गत नोभेम्बरमा बोबी वाइनलाई पक्राउ गरिएपछि शुरू भएको हिंसात्मक घटनामा ५० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

jackson ribon