birat ribon

कोरोनाका कारण फ्रान्समा थप कडा बनाइयो कर्फ्यू

Neuro
कोरोनाका कारण फ्रान्समा थप कडा बनाइयो कर्फ्यू

विराटनगर । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या बढ्न थालेपछि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको कर्फ्यूलाई थप कडा बनाएर लगिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको कर्फ्यूलाई थप कडा बनाएर लगेको घोषणा गरेका हुन् । उनले कर्फ्यूको ढाँचा परिवर्तन गरिएको पनि उल्लेख गरे ।

cura insider

डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू जारी छ । तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । हाल राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।

प्रधानमन्त्रीले देशमा कोरोनाको स्थिति चिन्ताजनक रहेको बताएका छन् ।
प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि नयाँ नियमको घोषणा गरेका छन् । अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको परीक्षण गर्नुपर्नेछ र रिपोर्ट नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइनेछ ।

फ्रान्समा आइसकेपछि पनि उनीहरु ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ र सातौं दिन पनि परीक्षण गर्नुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएपछि मात्रै उनीहरु सामान्य तरिकाले बस्न पाउनेछन् । कोरोनाको नयाँ भेरियन्टका लागि पनि चिन्ता बढेको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार कोरोना संक्रमितमा कम्तीमा एकदेखि डेढ प्रतिशत कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ ।

jackson ribon