birat ribon

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

Neuro
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

विराटनगर । प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार)बाट सुरु हुँदै छ ।

यसअघि दाङमै महिलाको पीएम कप भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) पुरुषतर्फको प्रतियोगिता पनि आयोजना गरेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।

cura insider

त्रिवि मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदो माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने क्यानले जनाएको छ ।

क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

jackson ribon