birat ribon

तराईमा बाक्लो हुस्सु, पहाडमा बदली

Neuro
तराईमा बाक्लो हुस्सु, पहाडमा बदली

विराटनगर । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मुलुकको तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

पहाडी क्षेत्रको मौसममा आंशिक बदली रहेको छ । तराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चल्न थालेपछि जनजीवन नराम्ररी प्रभावित बनेको छ । चिसोका कारण सर्वसाधारणको समय कष्टपूर्ण तरिकाले बितिरहेको छ । नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको जनाइएको छ ।

cura insider

शुक्रबार दिउँसो प्रदेश १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने देखिन्छ । गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

jackson ribon