birat ribon

एथ्लेटिकोमा कोस्टाको जर्सी डेम्बेलेलाई

Neuro
एथ्लेटिकोमा कोस्टाको जर्सी डेम्बेलेलाई

विराटनगर । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले डिएगो कोस्टाको जर्सी नम्बर १९ मौसा डेम्बेलेलाई दिएको छ । फ्रान्सेली खेलाडी डेम्बेलेलाई एथ्लेटिकोले हालै क्लब छोडेका कोस्टाको जर्सी नम्बर दिएको हो ।

एथ्लेटिकोले बुधबार आधिकारिक रूपमा फ्रान्सका स्टार डेम्बेलेलाई लोनमा अनुबन्ध गरेको हो । एथ्लेटिकोले फ्रेन्च क्लब लियोनबाट लोनमा डेम्बेलेलाई २०२०–२१ को सिजनका लागि अनुबन्ध गरेको हो ।

cura insider

किन्ने विकल्पसहित एथ्लेटिकोले कोस्टाको स्थानमा उनलाई भित्र्याएको हो । कोस्टा व्यक्तिगत कारण देखाएर एथ्लेटिकोबाट बिदा भएका थिए पेरिस सेन्ट जर्मेन (पिएसजी)को एकेडेमीको उत्पादन डेम्बेलेले फ्रान्सेली युवा टोलीबाट खेलेका छन् ।

राष्ट्रिय सिनियर टोलीमा भने उनले मौका पाएका छन् । डेम्बेलेले लियोनबाट यो सिजन १६ लिग खेल खेलेका छन्, जसमा उनले एक गोल गरेका छन् । गत सिजन उनले लियोनका लागि २४ गोल गरेका थिए ।

jackson ribon