birat ribon

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगतिबाट खुसी बने पर्यटनमन्त्री

Neuro
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगतिबाट खुसी बने पर्यटनमन्त्री

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम–बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा उत्कृष्ट रहेको बताएका छन् ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा पुगेका उनले पोखरा विमानस्थलको निर्माण प्रगतिले खुसी भएको बताए ।

cura insider

भैरहवामा निर्माण हुनलागेको विमानस्थलको स्थलगत अवलोकनपछि पोखरा पुगेका मन्त्रीले बनावट र निर्माण प्रगति पोखराको राम्रो भएको बताए ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनपछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधैँ तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउन सरकारले तयारी थालेको बताए ।

jackson ribon