birat ribon

प्रधानमन्त्री कप भोलिबाट

Neuro
प्रधानमन्त्री कप भोलिबाट

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

कोरोना महामारीका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मेदान र मूलापानी क्रिकेट मैदानमा आयोजना हुँदैछ । शुक्रबारबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

cura insider

माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् । प्रतियोगिताको आयोजक क्रिकेट सङ्घले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।

दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा विभागीय टोली नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश समावेश छन् ।

jackson ribon