birat ribon

प्रचण्ड–माधव समूहको स्थायी समितिको बैकठ सुरु

Neuro
प्रचण्ड–माधव समूहको स्थायी समितिको बैकठ सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको स्थायी समितिको बैठक काठमाडौँमा सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिस डाँडामा बिहीबारबाट सुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

cura insider

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, सङ्गठन ब्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

संवाददाताहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिए ।

jackson ribon