विराटनगर । खानेकुरा सर्किएर विराटनगरमा एक बालकको मृत्यु भएको छ । दूधसँग ओट्स मिसाएर खाँदै गर्दा सर्किएर १२ वर्षीय बालक हेमन ढकालको मृत्यु भएको हो ।
बुधबार बेलका दूधसँग मिसाएर ओट्स खाँदै गर्दा सर्किएर गम्भीर बनेका बालकलाई उपचारका लागि सप्तकोशी नर्सिङ होम हुँदै न्युरो अस्पताल लगिएको थियो ।
न्युरोमा उपचारका क्रममा मृत्यु भएको बाल कल्याण विद्या मन्दिर (विकेभिएम) का वरिष्ठ प्रशासनिक अधिकृत रामहरि देवकोटाले जानकारी दिए । उनका अनुसार मृतक बालक कक्षा ५ मा अध्ययनरत थिए ।
बालकको मृत्युपछि शुक्रबार विद्यालय बिदा दिइएको उनले बताए ।