birat ribon

प्रदेश १ मा थप १६ जनामा कोरोना

Neuro
प्रदेश १ मा थप १६ जनामा कोरोना

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा आठ, झापा र सुनसरीमा तीन–तीन, धनकुटा र प्रदेश एक बाहिरका एक–एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा चार, बेलबारी र पथरीशनिश्चरेमा दुई–दुई, झापाको दमकमा दुई, कचनकवलमा एक, सुनसरीको धरान, इटहरी र रामधुनीमा एक–एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश एक बाहिरका एक–एक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

cura insider

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका सबै होम आइसोलेशनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार तीन सय ८४ पुगेको छ ।

प्रदेश १ मा आज दुई सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये तीन महिला र १३ पुरुष रहेका छन् । हालसम्म दुई लाख १३ हजार तीन ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon