birat ribon

परदेशीले रुँदै आमा सम्झिने शृङ्खलामा थपियो अर्को कडी

Neuro
परदेशीले रुँदै आमा सम्झिने शृङ्खलामा थपियो अर्को कडी

सुनसरी / थातथलो बन्धकी राखेर विदेशिएका धेरैमध्येको एक युवाले आमा सम्झेर गाएको नयाँ गीतको म्युजिक भिडियो आज (शुक्रबार) युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । योसँगै परदेशी छोराले रुँदै विदेशी भूमिबाट आमा सम्झिने सङ्गीत–शृङ्खलामा एउटा अर्को कडी थपिएको छ ।

हाइलाइट नेपाल च्यानलले बस्नेत राजुकाजीको प्रस्तुतिका रूपमा विश्वव्यापी गरेको ‘आमा द मदरल्यान्ड’ शीर्षकको उल्लिखित गीतमा मोरङका उदियमान गायक रोमन बस्नेतको स्वर रहेको छ ।

cura insider

कृष्ण खवास तथा निश्चलजङ्ग खड्काको संयुक्त लेखन, कृष्ण खवासकै सङ्गीत एवम् निर्देशन रहेको सो गीत शुक्रबार दिउँसो इटहरीमा पहिलो सार्वजनिक प्रदर्शन गरिएको थियो ।

गीतको पहिलो प्रिमियर सोमा बोल्दै अग्रज सङ्गीत प्रशिक्षक भोला राईले पूर्वमा एकपछि अर्को सम्भावनायुक्त गायक–गायिका देखापर्नु तथा सङ्गीत क्षेत्रमा लगानी थपिँदै जानुले उज्जवल भविष्यको सङ्केत गरेको बताए । उनले आमाको कथा वर्तमान नेपालको घरघरको कथा भएकाले सो गीतको म्युजिक भिडियो लोकप्रिय हुने विश्वास पनि व्यक्त गरे ।

आमाको कथानक म्युजिक भिडियोमा गायक रोमन बस्नेतसँगै रोनिशा बस्नेत, राजन बस्नेत, अमिता बस्नेत, रेजिशा बस्नेत, राजु बस्नेत, शैलेन्द्र भट्ट, रुद्र बस्नेत, निश्चलजङ्ग खड्का र अभिषेक दाहालको अभिनय रहेको छ ।

गायक बस्नेतको यो पहिलो सोलो गीत भए पनि पहिलोजस्तो लाग्दैन । गीतको छायाङ्कन मोरङको जेफाले, गोठगाउँ, केराबारी र मृगौलियाको परिवेशमा गरिएको छ ।

प्रि–प्रडक्सनको काम मृगौलियास्थित केके म्युजिक स्टुडियोमा गरिएको सो गीत नेपाली समाजमा कालजयी हुने अपेक्षा गरिएको प्रस्तोता राजुकाजी बस्नेतले बताए ।

गीतमा आमालाई गाउँघरको माटोसँग जोडेर गाइएको छ । ‘बालककालको याद आउँछ आमा जब आएँ यो खाडीमा,’ शब्दसहितको अभिनय प्रस्तुति मनले सम्झिरहने खालको बनेको छ ।

jackson ribon