birat ribon

कोभिड भइसकेका व्यक्ति कम्तिमा पाँच महिना मात्र सुरक्षित

Neuro
कोभिड भइसकेका व्यक्ति कम्तिमा पाँच महिना मात्र सुरक्षित

विराटनगर । कोभिड १९ भएका धेरैजसो मानिस पुन सङ्क्रमित हुनबाट कम्तिमा पाँच महिनासम्म मात्र सुरक्षित हुने, पब्लिक हेल्थ इङ्ग्ल्यान्डको अध्ययनले देखाएको हो ।

Padelux insider
cura insider

वैज्ञानिकहरूले पत्ता लगाएअनुसार सङ्क्रमित नभएको व्यक्तिको तुलनामा विगतमा सङ्क्रमण भइसकेकोमा सङ्क्रमणको जोखिम ८६ प्रतिशत कम थियो । तर, केही व्यक्तिहरू पहिले सङ्क्रमित भइसकेपनि पुनः कोभिडबाट सङ्क्रमित हुने तथा सङ्क्रमण भएको कारणले प्राप्त भएको प्रतिरक्षा भएपनि कोरोना भाइरस उनीहरूको नाक र घाँटीमा हुन सक्छ र अन्जानमै अरूलाई सङ्क्रमण सार्नसक्ने विज्ञले चेतावनी दिएका छन् ।

उक्त अध्ययनको नेतृत्व गर्ने प्रोफेसर सुसान हपकिन्सका अनुसार भाइरस भएका, तथा भाइरसविरुद्ध एन्टिबडी विकास गर्ने धेरैजसोलाई पुनः सङ्क्रमणबाट सुरक्षित छन् । तर, उनीहरू कति लामो समयसम्म सुरक्षित रहन सक्छन् भन्ने कुरा हालसम्म थाहा नभएको उनको भनाइ छ ।

उनको अनुसार विशेषगरी रिइनफेक्सन हुनेमध्ये केहीमा कुनै लक्षणविना पनि भाइरसको मात्रा र सार्ने जोखिम पनि उच्च थियो । पहिले रोग लागेको थियो वा एन्टिबडीहरू विकास भएको कारण सुरक्षित भएको विश्वास भएकामा गम्भीर सङ्क्रमण हुने सम्भावना धेरै नभएपनि सङ्क्रमण हुने र अरूलाई सार्ने जोखिम हुने अध्ययनको निष्कर्ष रहेको छ ।

त्यसैले, भाइरसबाट सङ्क्रमित भए वा नभएपनि यसको जोखिम कम गर्न सावधानीका उपाय अपनाउनु अत्यावश्यक छ ।

jackson ribon