birat ribon

देशभर मनाइयो थारू जातीको मुख्य पर्व माघी

Neuro
देशभर मनाइयो थारू जातीको मुख्य पर्व माघी

काठमाडौं । बिहीबार थारू जातीको मुख्य पर्व माघी काठमाडौँलगायत देशभर मनाइएको छ । हरेक वर्ष माघको पहिलो दिन थारू जातीले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौँलगायत थारूहरूको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।

अघिल्ला वर्षहरूमा काठमाडौँलगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो । यसपालि भने कोभिड १९ सङ्क्रमणका कारण देशभर सानो समूहमा अथवा परिवारभित्र मात्रै माघी पर्व मनाइएको छ ।

cura insider

माघीमा मिठो–मिठो परिकारहरू बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरू चिचर (भत्कुन), सितुवा, घुगी, हाँसको मासुलगायतका परिकारहरू बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ ।

jackson ribon