birat ribon

फेरि एक–अर्काविरुद्ध उत्रिए नेयमार र गोन्जालेज

Neuro
फेरि एक–अर्काविरुद्ध उत्रिए नेयमार र गोन्जालेज

विराटनगर । फ्रान्सेली क्लबद्वय पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीलाई खास प्रतिद्वन्द्वीका रूपमा चिनिन्छ । र, दुवै टोलीका खेलाडीबीच पनि बेला–बेला विवाद भइरहन्छ । सेप्टेम्बर २०२० मा पनि यी दुई टोलीका खेलाडी एक–आपसमा झगडिएका थिए ।

लिग वानअन्तर्गत भएको खेलमा झगडा भएपछि केही खेलाडीमाथि प्रतिबन्ध पनि लागेको थियो । पुनः दुई टोलीका खेलाडीबीच भनाभन भएको छ । तर, मैदानमा नभएर सामाजिक सञ्जालमा ।

cura insider

पिएसजीका फरवार्ड नेयमार र मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजबीच ट्विटरमा भनाभन भएको हो । बुधबार राति मार्सेलीलाई हराउँदै पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको थियो ।,

लेन्सस्थित स्टेड बोलार्टमा भएको फाइनल खेलमा पिएसजीलाई जिताउन माउरो इकार्डी र नेयमारले समान एक–एक गोल गरे भने मार्सेइलीका ड्रिमिट्री पायटले एक गोल फर्काएका थिए ।

फ्रेन्च लिग वान र कोपा डी फ्रान्सका विजेता टोलीले ट्रफी डेस च्याम्पियनको उपाधिका खेल्ने गर्छन् । उपाधि जितेपछि नेयमारले ट्विटरमा ‘राजा अल्भारो जन्मिए ?’ भन्ने प्रश्न तेर्स्याएका थिए ।

जवाफमा गोन्जालेजले लेखेका छन्, ‘मेरो अभिभावकले फोहोर सोहोर्न लगाउँथे, म त्यहीँ गर्दैछु’, भन्दै नेयमारलाई फोहोरीको संज्ञा दिएका छन् ।

नेयमारले ‘तिमीले बिर्सियौ कसरी उपाधि जितिन्छ भनेर’ भन्दै जवाफमा लेखेका छन् । पुनः गोन्जालेजले पेलेको तीन वटा विश्वकपको उपाधि बोकेको फोटो हाल्दै लेखेका छन्, ‘आन्तरिक छायाँमा परेको राजा ।’

‘मलाई प्रख्यात बनाइदिएकोमा धन्यवाद । अनि स्वागतम पनि’, नेयमारले जवाफ दिएका छन् ।

jackson ribon