birat ribon

आठ महिनापछि चीनमा कोरोना सङ्क्रमितको मृत्यु

Neuro
आठ महिनापछि चीनमा कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर/चीनमा आठ महिनापछि पहिलो पटक कोरोना भाइरसको सङ्क्रमणका कारण एकको मृत्यु भएको छ ।

चीनले आठ महिनापछि कोरोना भाइरसको सङ्क्रमणबाट हेबेई प्रान्तमा एक जनाको ज्यान गएको पुष्टि गरेको हो । आजसम्म, गत वर्षको मे महिनादेखि चीनमा आधिकारिक रूपमा सङ्क्रमणका कारण कसैको मृत्यु भएको तथ्याङ्क छैन । हालसम्म चीनमा चार हजार छ सय ३५ जनाको मृत्यु भइसकेको छ । चीनमा आज एकैदिन एक सय ३८ जना सङ्क्रमित भेटिएका छन् ।

cura insider

गएको वर्षको मार्च महिनापछि एकैदिन यति धेरै मानिसमा सङ्क्रमण भएको यो पहिलो पटक हो । कम्तिमा आठ सय ५८ बिरामी हाल उपचारत छन्, जसमध्ये २४ जना गम्भीर अवस्थामा छन् । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएको छ ।

चीनले कडा लकडाउनका साथ स्थितिलाई नियन्त्रण गर्दै विगत केही महिनाका लागि सामान्य जीवन पुनः सुरु भएको बेला मृत्यु र सङ्क्रमणको सङ्ख्या बढ्नु चिन्ताको विषय बनेको छ । यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्क्रगठन (डब्ल्यूएचओ) को टोली चीन पुगिसकेको छ ।

jackson ribon