birat ribon

धरान आउँदै अभिनेता शिव श्रेष्ठ

Neuro
धरान आउँदै अभिनेता शिव श्रेष्ठ

विराटनगर/वरिष्ठ अभिनेता शिव श्रेष्ठ हल भिजिटका लागि धरान आउने भएका छन् । माघ १ गते (आज) बाट प्रदर्शनमा आएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को हल भिजिट साथै विशेष शोका लागि अभिनेता श्रेष्ठ धरान आउन लागेका हुन् ।

विशेष शो आज साँझ साढे पाँच बजे धरानस्थित गोर्खा सिनेप्लेक्समा हुन लागेको छ । वरिष्ठ अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको विषेश शो लायन्स क्लब अफ धरान पञ्चकन्या र लायन्स क्लब अफ धरान जुम्बाले आयोजना गरेको हो ।

cura insider

यस्तै शुक्रबार नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश नं १ को आयोजनामा अभिनेता शिव श्रेष्ठ हल भिजिटका लागि धरान र इटहरीको सिनेमा हल जाने छन् । शुक्रबार साढे एघार बजे धरानस्थित गोर्खा सिनेप्लेक्समा र सोही दिन साढे दुई बजे इटहरी स्थित इलाईट सिनेमा हलमा अभिनेता श्रेष्ठ हल भिजिटका लागि जाने नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश नं १ अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

कोभिडको समयमा फिल्म क्षेत्रलाई सहयोग गर्ने भावनाले फिल्म प्रदर्शन गरेको अभिनेता श्रेष्ठ बताउँछन् ।

फिल्ममा शिव श्रेष्ठ, प्रियङ्का कार्की, वर्षा राउत, आयुष्मन देशराज, मिथिला शर्मा, राजाराम पौडेल, बसुन्धरा भुषाल, विष्णु चेम्जोङ, रेखा फागो, सन्जोग कोइराला, शक्ति श्रेष्ठ, कविता मानन्धरलगायतको अभिनय रहेको छ ।

jackson ribon