birat ribon

कमलपोखरी पुनर्निर्माणमा ढुङ्गा–सिमेन्ट प्रयोग नगरिने : महानगर

Neuro
कमलपोखरी पुनर्निर्माणमा ढुङ्गा–सिमेन्ट प्रयोग नगरिने : महानगर

काठमाडौँ/कमलपोखरी पुननिर्माणमा कृत्रिम संरचना तथा ढुङ्गा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको संरचना बनाउन लागेको बताएको छ ।

Padelux insider
cura insider

कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुङ्गा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलअनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।

कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिँदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमतिअनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुङ्गा र सिमेन्ट प्रयोग गर्नुपरेको अन्यथा ढुङ्गा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाइ छ ।

पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने उपाध्यक्ष बस्नेतले बताए ।

ढुङ्गा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उपाध्यक्ष बस्नेतले बताए । करिब सात करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिँदैँ उहाले आगामी वैशाखसम्ममा सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए ।

jackson ribon