birat ribon

भारतमा अभियानको पहिलो दिन तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने

Neuro
भारतमा अभियानको पहिलो दिन तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने

विराटनगर/भारतमा एकै दिन तीन लाख स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप लगाइने बताइएको छ ।

भारतीय मिडियाले जनाएअनुसार १६ जनवरी अर्थात् यही शनिबारदेखि सुरु हुने राष्ट्रव्यापी कोभिड १९ खोप अभियानको पहिलो दिनमा देशभरका दुई हजार नौ सय ३४ साइटमा करिब तीन लाख स्वास्थ्यकर्मीलाई खोप दिइने भएको हो । भारत सरकारका अनुसार पहिले अनुमानित एक करोड स्वास्थ्य सेवाकर्मीलाई र करिब दुई करोड फ्रन्टलाइन कामदारहरूलाई खोप दिइनेछ ।

cura insider

त्यसपछि ५० वर्षभन्दा माथि उमेरका व्यक्तिहरूलाई खोप दिइनेछ भने स्वास्थ समस्याको आधारमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप प्रदान गरिनेछ । भारतको औषधि नियामक निकायले हालसम्म कोभिशिल्ड र कोभ्याक्सिन गरी दुईवटा खोपलाई प्रयोगको अनुमति दिएको छ ।

कोभिशिल्ड एस्ट्राजेनेकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर बनाएको हो भने कोभ्याक्सिन भारतीय कम्पनी भारत बायोटेक आफैँले निर्माण गरेको हो ।

jackson ribon