birat ribon

एथ्लेटिकोले कोस्टाको स्थानमा मौसा डेम्बेलेलाई भित्र्यायो

Neuro
एथ्लेटिकोले कोस्टाको स्थानमा मौसा डेम्बेलेलाई भित्र्यायो

विराटनगर । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले डिएगो कोस्टाको स्थानमा मौसा डेम्बेलेलाई अनुबन्ध गरेको छ । एथ्लेटिकोले बुधबार आधिकारिक रूपमा फ्रान्सका स्टार डेम्बेलेलाई लोनमा अनुबन्ध गरेको जनाएको छ ।

एथ्लेटिकोले फ्रेन्च क्लब लियोनबाट लोनमा डेम्बेलेलाई २०२०–२१ को सिजनका लागि अनुबन्ध गरेको हो । किन्ने विकल्पसहित एथ्लेटिकोले कोस्टाको स्थानमा उनलाई भित्र्याएको हो । कोस्टा व्यक्तिगत कारण देखाएर एथ्लेटिकोबाट बिदा भएका थिए ।

cura insider

पेरिस सेन्ट जर्मेन (पिएसजी)को एकेडेमीको उत्पादन डेम्बेलेले फ्रान्सेली युवा टोलीबाट खेलेका छन् । राष्ट्रिय सिनियर टोलीमा भने उनले मौका पाएका छन् । डेम्बेलेले लियोनबाट यो सिजन १६ लिग खेल खेलेका छन्, जसमा उनले एक गोल गरेका छन् । गत सिजन उनले लियोनका लागि २४ गोल गरेका थिए ।

jackson ribon