birat ribon

उर्जा र पर्यटनलाई प्राथमिकतामा राखे देश विकासमा टेवा : नेपाल

Neuro
उर्जा र पर्यटनलाई प्राथमिकतामा राखे देश विकासमा टेवा : नेपाल

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Padelux insider
cura insider

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताएका हुन् । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ । विभिन्न क्षेत्रलाई प्राथमिकीकरण गर्दै अघि बढे पनि आर्थिक विकासको निम्ति मानव संशाधन पनि महत्वपूर्ण हुने भन्दै उनले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिङ्गो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखे । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भए पनि सरकार गम्भीर नभएको उनको भनाइ छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उनले देशमा देखा परेको समस्या पत्ता लगाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताए । आयात प्रतिस्थापन गर्ने बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विदेशबाट फर्किएका मानिसहरुको सीप, अनुभव, ज्ञान तथा पुँजी नेपालमै प्रयोग गर्नुपर्ने उनले बताए ।

jackson ribon