birat ribon

स्तनपान गराइरहेको शिशुको तौल नबढ्ने कारण यस्तो

Neuro
स्तनपान गराइरहेको शिशुको तौल नबढ्ने कारण यस्तो

विराटनगर/शिशुहरूलाई पोषण र शक्ति प्रदान गर्नका लागि पहिलो ६ महिना स्तनपान गराउनु पर्छ ।

आमाको दुध पोषकतत्व र प्रतिरक्षा बढाउने एन्टिअक्सिडेन्टहरूले भरिएको हुन्छ । जसले शिशुलाई विभिन्न रोगहरूबाट बचाउन र शारीरिक विकासलाई बढाउन मद्दत गर्छ । तर, केही शिशुहरूमा, राम्ररी स्तनपान गराउँदा पनि तौल ढिलो वा शरीरको विकास ढिलो हुने हुन्छ । जसकारण बच्चा कुपोषित भएको पो हो कि सोची धेरै अभिभावकहरू चिन्तित हुन्छन् ।

cura insider

जन्मपछि बच्चाहरूले पहिलो हप्तामा उनीहरूको तौलको १० प्रतिशत गुमाउँछन्, जुन एक वा दुई हप्तापछि फिर्ता हुन्छ । राम्रोसँग स्तनपान गर्ने शिशुको तौल अर्को तीन महिनासम्म दैनिक लगभग ३० ग्राम बढ्दै जान्छ । हरेक बच्चा फरक हुन्छन् जसकारण कति तौल बढ्छ भनेर मूल्याङ्कन गर्न गाह्रो हुन्छ । तर, पर्याप्त पौष्टिक आहार नएाको खण्डमा शिशुको ढिलो वृद्धि भइरहेको हुन्छ ।

नवजात शिशुहरूलाई प्रत्येक दुईदेखि तीन घण्टाको अन्तरालमा राम्रोसँग स्तनपान गराउनु पर्छ । समयको साथ बच्चाको पेट बढ्दै जान्छ र स्तनपानको समय पनि कम हुँदै जान्छ । सामान्यतया तौल बढ्नका लागि बच्चाले लिने क्यालोरीको मात्रा क्यालोरी खर्च गर्ने मात्राभन्दा बढी हुनुपर्छ ।

तर, पर्याप्त क्यालोरी नलिएको, पौष्टिक तत्वहरू अवशोषित गर्न नसकेको र धेरै क्यालोरी नष्ट हुने खण्डमा बच्चाको तौल ढिलो बढिरहेको वा बच्चा कुपोषित हुनसक्छ । पेटसम्बन्धी समस्या, खानाको एलर्जी वा खाना संवेदनशीलताका कारण पोषक तत्वको अवशोषणमा बाधा निम्तिएको हुनसक्छ । समयअगाडि जन्मेको बच्चा, हृदय रोग वा सास फेर्न समस्या भएका बच्चालाई सामान्यभन्दा बढी क्यालोरी चाहिन्छ ।

शिशुको ढिलो वृद्धि भएमा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ । डाक्टरले के कारणले समस्या भएको हो पहिचान गरेर प्रभावकारी उपाय सिफारिस गर्न सक्छन् ।

jackson ribon