birat ribon

मेस्सीले फाइनल खेल नखेल्ने सम्भावना

Neuro
मेस्सीले फाइनल खेल नखेल्ने सम्भावना

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सुपर कपको फाइनल खेल खेल्नेमा शंका उत्पन्न भएको छ । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले अर्जेन्टिनी स्टार मेस्सी फाइनल खेलका लागि तयार नभएको सङ्केत गरेका छन् ।

बार्सिलोनाले आइतबार राति सुपर कपको फाइनल खेल्दैछ । रियल मड्रिड र एथ्लेटिक बिल्बाओको विजेता टोलीसँग बार्सिलोना सुपर कपको उपाधिका लागि खेल्नेछ । बार्सिलोना बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

cura insider

पहिलो सेमिफाइनलअन्तर्गत बार्सिलोनाले पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक स्थान बनाएको हो । सोसिडाडसँगको खेलको अन्तिम समयमा मेस्सीले नखेल्ने निश्चित भएको थियो ।

असहज अनुभव गरेको भन्दै कोइम्यानले मेस्सीले सोसिडाडसँगको खेल नेखेल्ने जनाएका थिए । अब, उनले आइतबार हुने फाइनल खेल पनि गुमाउनसक्ने देखिएको छ ।

‘पहिले त म आफ्नो टोलीबाट गर्व अनुभव गरिरहेको छु किनकि केही खेलाडीको अनुपस्थितिमा पनि टोलीले राम्रो प्रदर्शन गरेको छ’, खेलपछि पत्रकार सम्मेलनमा बोल्दै कोइम्यानले भने, ‘मलाई थाहा छ कि सोसिडाडले हाम्रोजस्तै मौका पाएको थियो । तर, हामी पेनाल्टीमार्फत् नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं ।’

‘लियो (मेस्सी)को कुरा गर्नुपर्दा, खेल्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा हामीले उनलाई आगामी केही दिनहरू प्रतीक्षा गर्नुपर्ने देखिएको छ’, उनले भने ।

स्पेनिस सुपर कपअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेलमा रियल मड्रिड र एथ्लेटिक क्लबले खेल्दैछन् ।

स्पेनस्थित ला रोसालेडा रङ्गशालामा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने योजना हुनेछन् ।

११ पटकको सुपर कप विजेता रियल एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनासँगको भेट पक्का गर्न चाहन्छ ।

jackson ribon