Rumpum Advertisement

बार्सिलोनासँग भेट गर्ने रियल मड्रिडको दाउ

Neuro
बार्सिलोनासँग भेट गर्ने रियल मड्रिडको दाउ

विराटनगर । स्पेनिस सुपर कपअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने उक्त खेलमा रियल मड्रिड र एथ्लेटिक क्लबले खेल्दैछन् ।

स्पेनस्थित ला रोसालेडा रङ्गशालामा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै फाइनल पुग्ने योजना हुनेछन् ।

११ पटकको सुपर कप विजेता रियल एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनासँगको भेट पक्का गर्न चाहन्छ । यता,

बार्सिलोना बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगिसकेको छ । पहिलो सेमिफाइनलअन्तर्गत बार्सिलोनाले पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै उपाधि नजिक स्थान बनाएको हो ।

सुपर कपका फाइनल खेल १७ जनवरीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: