birat ribon

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन डब्ल्यूएचओको टोली चीनमा

Neuro
कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन डब्ल्यूएचओको टोली चीनमा

विराटनगर/विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को नेतृत्वमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोली बिहीबार चीन पुगेको छ ।

महामारीको सुरुवात भएको मानिने वुहान शहरमा कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउनका लागि वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोली चीन पुगेको हो । डब्ल्यूएचओका प्रवक्ताका अनुसार गत जुलाईमा प्रारम्भिक मिसनमा चीन गएका डब्ल्यूएचओका शीर्ष विशेषज्ञ पीटर बेन एम्बारेक १० जना विज्ञको नेतृत्व गरिरहेका छन् ।

cura insider

डब्ल्यूएओको समूहले दुई हप्ता क्वारेन्टिनमा बसेपछि मात्र आफ्नो अनुसन्धान थाल्ने भएको छ । क्वारेन्टाइन पूरा गरेपछि टोलीले दुई हप्ता अनुसन्धान संस्थान, अस्पताल र रोग उत्पन्न भएको विश्वास गरिएको वुहानको समुद्री खाना बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने, टोलीका सदस्य भियतनामी जीवविज्ञ हुङ्ग गुयेनको भनाइ छ ।

डब्ल्यूएओको समूह कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन लगभग एक वर्षपछिको समन्वयपछि चीनमा पुग्न सफल भएको हो ।

jackson ribon