Rumpum Advertisement

माघे सङ्क्रान्तिमा खाना खुवाउँदै हाम्रो टिम

माघे सङ्क्रान्तिमा खाना खुवाउँदै हाम्रो टिम

काठमाडौँ/रोजगारविहीन भएर सडकमा भौतारिइरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघी पर्व तथा माघे सङ्क्रान्तिको अवसरमा खानेकुरा वितरण गरेको छ ।

बिहीबार थापाथलीमा रोजगारीविहीन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सङ्क्रान्तिको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको सङ्ख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घ्यूउलगायतका खानेकुरा खुवाइएको थियो । हुनेखानेले मात्रै होइन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे सङ्क्रान्तिको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

रोजगारी नपाएको तथा दैनिक जीवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफूहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाइ छ । सरकारले रोजगारविहीन नागरिकलाई हेरचाह गर्नुपर्ने उनले बताए ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहीन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: