Rumpum Advertisement

बेलायतमा भेटिएको नयाँ भाइरस ५० र दक्षिण अफ्रिकामा भेटिएको भाइरस २० देशसम्म पुगिसक्यो : डब्लुएचओ

Neuro
बेलायतमा भेटिएको नयाँ भाइरस ५० र दक्षिण अफ्रिकामा भेटिएको भाइरस २० देशसम्म पुगिसक्यो : डब्लुएचओ

विराटनगर/बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएअनुसार १४ डिसेम्बरमा पहिलो पटक बेलायतमा देखिएको नयाँ भेरिएन्ट अहिलेसम्म ५० देशमा पुगिसकेको हो । भिओसी २०२०१२/०१ नाम दिइएको नयाँ स्ट्रेन परीक्षणको नतिजाअनुसार यो हरेक उमेर र लिङ्गका मानिसहरूमा एकै किसिमले फैलने गर्छ ।

त्यस्तै, पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको अर्को नयाँ भेरिएन्ट २० देशमा पुगिसकेको छ । अध्ययनको नतिजाअनुसार ५०१ वाइभी नाम दिएको नयाँ भाइरसको स्ट्रेन दक्षिण अफ्रिकामा देखिएको पहिलो भाइरसको तुलनामा थप फैलने गरेको पाइएको छ । साथै, संयुक्त राष्ट्र सङ्घले जापानमा फेला परेको तेस्रो नयाँ भेरिएन्टको चिन्ताको जताउँदै यसले प्रतिरोधात्मक प्रतिक्रियामा असर पार्न सक्ने बताएको छ ।

र, यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको पनि उल्लेख गरेको छ । डब्लुएचओका अनुसार कोरोना भाइरस जति धेरै फैलन्छ, त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । ठूलो परिमाणमा सङ्क्रमण फैलनुको अर्थ यसको थप नयाँ भेरियन्ट आउने सम्भावना देखिन्छ । हाल देखिएको नयाँ भेरिएन्ट थप गम्भीर रोगको कारण बन्न सक्दैन ।

तर, नयाँ सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्ने कारण स्वास्थ्य प्रणालीमा दबाब परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: