birat ribon

बेलायमा सुरु भयो कोभिडविरुद्धको नयाँ उपचारको तेस्रो परीक्षण

Neuro
बेलायमा सुरु भयो कोभिडविरुद्धको नयाँ उपचारको तेस्रो परीक्षण

विराटनगर/बेलायतमा कोभिडको सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु गरिएको छ ।

साउथह्याप्टन युनिभर्सिटी अस्पतालले विकास गरेको उपचार पद्दतिमा कुनै पनि भाइरसबाट सङ्क्रमित हुँदा शरीरले निर्माण गर्ने ‘इन्टरफेरोन बेटा’ नामको प्रोटिन बिरामीलाई सुँघ्न लगाइन्छ । यसबाट बिरामीको शरीरको रोग प्रतिरोधी क्षमता सक्रिय भई सङ्क्रमणसँग जुध्न तयार हुने अपेक्षा गरिएको छ ।

cura insider

मङ्गलबार ३४ वर्षीया अलेज्यान्ड्रा कन्सट्यान्टिनलाई परीक्षणको रूपमा उक्त औषधि दिइएको छ । उक्त परीक्षणमा २० देशमा छ सय बिरामी समावेश गरिने बताइएको छ । पहिलो चरणको परीक्षणको नतिजाअनुसार उक्त उपचारले भेन्टिलेटर चाहिने वा गम्भीर अवस्थामा पुग्ने बिरामी ८० प्रतिशतले घटाउने देखिएको थियो ।

साथै, गत वर्ष गरिएको दोस्रो चरणको परीक्षणमा समेत उपचार प्रभावकारी देखिएको थियो । सङ्क्रमित बिरामी निको हुने सम्भावना दुईदेखि तीन गुणाले बढेको औषधि उत्पादन गरिरहेको साइनार्जेन कम्पनीले जनाएको छ । परीक्षणको आधारमा बिरामीमा स्वाँस्वाँ हुने समस्या कम भएको र अस्पतालमा बस्नुपर्ने औसत समय नौ दिनबाट छ दिन भएको बताइएको छ ।

हाल सुरु गरिएको परीक्षणबाट सकारात्मक नतिजा आएपछि मात्रै उक्त उपचार पद्दतिले प्रयोगका लागि अनुमति पाउनेछ ।

jackson ribon