Rumpum Advertisement

चिकित्सक सङ्घ कोसीको निर्वाचन : कस्ले मार्ला बाजी ?

चिकित्सक सङ्घ कोसीको निर्वाचन : कस्ले मार्ला बाजी ?

विराटनगर/नेपाल चिकित्सक सङ्घ कोसीका लागि दुई प्यानल चुनावी मैदानमा छन् । डाक्टर कैलाश श्रेष्ठ र डाक्टर फरवार्ड शिलवाल नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएका हुन् ।

नयाँ नेतृत्वका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । निर्वाचनमा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि चुनावी माहोल तातेको छ ।

डा. सिलवाल सङ्घका वर्तमान अध्यक्ष हुन् । डा. श्रेष्ठ विराटनगरका अग्रज डाक्टर हुन् ।

निर्वाचनमा पार्टीगत पक्षबाट प्यानल बनेको छैन । फरक–फरक विचारधारा राख्ने चिकित्सकहरु दुवै समूहबाट चुनावी मैदानमा छन् ।

सिलवाल अध्यक्षअघि महासचिव थिए । उनले पुनः अध्यक्षमा दोहो¥याउने बताएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

सङ्घका अधिकांश पूर्वअध्यक्षहरु नयाँ नेतृत्वले चिकित्सकको पक्षमा काम गर्नुपर्ने बताउँछन् ।
चिकित्सकहरुको हकहित र अधिकार स्थापितका लागि अबको नेतृत्वले काम गर्नुपर्ने सङ्घका पूर्वअध्यक्ष डा. सिपी उपाध्ययले बताए ।

सङ्घका पूर्वअध्यक्ष डा. नारायण कुमारले अग्रज र नयाँ आउने चिकित्सकलाई नेतृत्व गर्ने अवसर दिनुपर्ने पक्षमा आफू रहेको बताउँछन् ।

सङ्घको अध्यक्षसहित १३ पदका लागि दुई समूहबाट २६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

डाक्टर सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. नवीन कर्ण, उपाध्यक्षमा डा. यज्ञराज खरेल, महासचिवमा डा. राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा. सिलवन्त सेन श्रीवास्तव, सहसचिवमा डा. सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा. जुविन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा. अन्जु देव, डा. अमरकुमार यादव, डा. पार्थ गुरागाईं, डा. अमरेन्द्रकुमार महतो, डा. प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।

डा. श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. सन्जिव ठाकुर, उपाध्यक्षमा डा. बालकृष्ण साह, महासचिबमा डा. रविनराज सिंह, सहसचिवमा डा. धिरज सिंह, कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा. सरवेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा. रोशन खड्का, डा. पल्बी झा, डा. अविशेष चौधरी, डा. दीपक न्यौपाने, डा. निशा अधिकारी र डा. राजेश्वर यादव छन् ।

चिकित्सक सङ्घ कोसीमा एक हजार दुई सय ६२ जना डाक्टर आबद्ध छन् ।

सुनसरीको धरानबाहेक कोसीका सबै चिकित्सकहरुले मतदानमा सहभागिता जनाउने छन् । धरानको बिपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक सङ्घ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: