birat ribon

योग दिवसमा विराटनगरमा पनि कार्यक्रम

Neuro
योग दिवसमा विराटनगरमा पनि कार्यक्रम

विराटनगर/राष्ट्रिय योग दिवसको अवसरमा विराटनगरमा पनि कार्यक्रम आयोजना गरिएको छ । गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाइएको हो ।

पतन्जली योग समिति मोरङले योग दिवस मनाएको हो । कार्यक्रममा सहभागी विराटनगर महानगरका मेयर भीम पराजुलीले योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थीरता र आरोग्यताको प्राप्ति हुने बताए । उनले महानगर क्षेत्रलाई योगमय बनाउने कामको सुरुवात भइसकेको बताए ।

cura insider

योग शिविरको पतन्जली योग समितिका अध्यक्ष ध्रुव तामाङ, विराटनगर अध्यक्ष सिल्पा प्याकुरेलले संयोजन गरेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

jackson ribon