Rumpum Advertisement

सानुसा लावतीलाई आर्थिक सहयोग

सानुसा लावतीलाई आर्थिक सहयोग

विराटनगर/दुवै मृगौला खराब भई उपचार गराइरहेकी सानुसा लावतीलाई याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर बुटिक धरानको पहलमा आर्थिक सहयोग गरिएको छ ।

याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सन बुटिक धरानको संयुक्त पहलमा स्वदेश र विदेशमा रहेका मनका धनीहरुबाट सङ्कलित जम्मा सहयोग रकम तीन लाख ८१ हजार दुई सय १३ लिम्बू विद्यार्थी मन्च केन्द्रीय उपमहासचिव प्रदीप नेयोङ लिम्बू, केन्द्रीय उपाध्यक्ष राजेश इवाहाङ, केन्द्रीय सचिव सेमी तुम्बापो, होप धरानका अध्यक्ष निश्चल मोहन पलिखे, नायिका रेखा फागो, मिस्टर धरान २०६८ दिनेश सिङ्गक, ओलिभ क्याफे धरानका म्यानेजर डम्बर सिङ्गक बिक्कु र मीना सिङ्गकको हातबाट सहयोग हस्तान्तरण गरिएको थियो ।

पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भई दमक बहुमुखी क्याम्पस, दमकमा अध्ययनरत लावती विगत तीन वर्षदेखि अध्ययनको सिलसिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बू विद्यार्थी मञ्च झापाकी उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्: