किमाथाङ्का । जिल्ला कारागार सङ्खुवासभामा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएको छ । पच्चीस कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राखिएको हो ।
कारागारका प्रमुख विनोद अधिकारीका अनुसार १३४ पुरुष र नौ महिला कैदीबन्दी छन् । ती मध्ये १२ ज्येष्ठ नागरिक छन् । कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ ।
बन्दीको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि पर्याप्त ठाउँ नभएको उनले बताए । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी सङ्ख्या भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नेसमेत समस्या हुने गरेको कारागारका चौकीदार परशुराम राईले बताए ।
कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको प्रमुख अधिकारीले जानकारी दिए भौतिक संरचना पर्याप्त नहुँदा कैदीबन्दीले बर्खायाममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानुपर्ने बाध्यता रहेको कैदी धनबहादुर खालिङले बताए । रासस