birat ribon

कानुनभन्दामाथि राष्ट्रपति छैनन् : अमेरिकी सभामुख

Neuro
कानुनभन्दामाथि राष्ट्रपति छैनन् : अमेरिकी सभामुख

विराटनगर । अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले कानुनभन्दामाथि राष्ट्रपति नभएको बताएकी छन् ।

राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेर त्यसलाई आधिकारिक रुप दिने क्रममा उनले त्यस्तो बताएकी हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पारित भएको महाभियोग प्रस्ताव अब यो माथिल्लो सदनमा जानेछ ।

cura insider

हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’

jackson ribon