birat ribon

टोटनह्यामलाई फुलह्यामले उसैको घरमा बराबरीमा रोक्यो

Neuro
टोटनह्यामलाई फुलह्यामले उसैको घरमा बराबरीमा रोक्यो

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम र फुलह्यामले अङ्क बाँडेका छन् । बुधबार राति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै दुवै टोलीले अङ्क बाँडेका हुन् ।

टोटनह्यामको मैदान घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । २५औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाए ।

cura insider

७४औं मिनेटमा इभान काभालइरोले गोल गरेपछि फुलह्याम बराबरीमा फर्कियो । र, बाँकी समय गोल नहुँदा दुवै टोलीले १–१ अङ्क बाँडे ।

यस बराबरीसँगै छैटौं स्थानको टोटनह्यामले १७ खेलमा ३० अङ्क जोड्यो । १८औं स्थानको फुलह्यामले भने १२ अङ्क जोडेको छ ।

jackson ribon