birat ribon

नेकपाका दुवै समूहको आयोगलाई जवाफ

Neuro
नेकपाका दुवै समूहको आयोगलाई जवाफ

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् ।

पार्टी आधिकारिकतासम्बन्धी विवाद भएपछि आयोगले दुवै समूहसँग सात दिनभित्रमा ऐननियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो । सात दिने म्यादको अन्तिम दिन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार आयोगलाई जवाफ पेस गरेका हुन् ।

cura insider

आयोगलाई पत्र पठाउँदै अध्यक्ष ओलीले पार्टी विभाजन नभएको जिकिर गरेका छन् । दाहाल दोस्रो वरीयताको अध्यक्ष र नेपाल वरिष्ठ नेता कायम नै रहेको ओलीको पत्रमा उल्लेख छ । दाहाल–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा नेपाललाई नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनुभएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ,’ अध्यक्ष ओलीले आयोगलाई पत्र लेख्दै भनेका छन् ।

अध्यक्ष दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसाबले पत्राचार गरे पनि नेकपा विभाजन नभएको जिकिर ओलीले आफ्नो पत्रमा गरेका छन् । पार्टीमा विवाद भएपछि नेकपाको ओली र दाहाल–नेपाल दुवै समूहले एक अर्कालाई कारबाही गर्दै आयोगमा अभिलेखीकरणका लागि पत्राचार गरेका थिए । तर आयोगले राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र पार्टीको विधानअनुसार आवश्यक सुधारसहितको विवरण पठाउन दुवै समूहलाई सात दिनको समय दिएको थियो । राजधानी दैनिकमा समाचार छ

jackson ribon