birat ribon

फोडेनको निर्णायक गोलमा सिटी शीर्ष तीनमा

Neuro
फोडेनको निर्णायक गोलमा सिटी शीर्ष तीनमा

विराटनगर । म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति ब्राइटनलाई १–० गोलले हराउँदै सिटी शीर्ष तीनमा उक्लिएको हो ।

सिटीको मैदानमा घरेलु टोलीलाई जिताउन एक मात्र गोल फिल फोडेनले गरे । खेलको ४४औं मिनेटमा उनले गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो ।

cura insider

जितसँगै सिटीले १६ खेलमा ३२ अङ्क जोड्दै तेस्रो स्थान पक्का गरहेको हो । समान ३२ अङ्क भएको लेइस्टर सिटी चौथो स्थानमा छ ।

पराजित ब्राइटन भने १४ अङ्कका साथ १७औं स्थानमा छ ।

jackson ribon