Rumpum Advertisement

डिफेन्डिङ च्याम्पियन बायर्न जर्मन कपबाट बाहिरियो

डिफेन्डिङ च्याम्पियन बायर्न जर्मन कपबाट बाहिरियो

विराटनगर । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ । बुधबार राति भएको दोस्रो चरणको खेलमा दोस्रो डिभिजन क्लब होल्सटेन किलसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बायर्न बाहिरिएको हो ।

किलको मैदानमा भएको खेलको निर्धारित समय र अतिरिक्त समय २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा बायर्न ६–५ गोलले स्तब्ध भएको हो ।

पेनाल्टीमा जानुअघि खेलमा बायर्नले सुरुआती अग्रता बनाएको थियो । १४औं मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३७औं मिनेटमा फिन बार्टल्सले गोल गर्दै किललाई बराबरीमा फर्काए ।

४७औं मिनेटमा लेरोय सानेले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयमा हाउके वाहलले गोल गर्दै किललाई बराबरीमा फर्काए । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो, जसमा बायर्न ६-५ गोलले पराजित हुँदै जर्मन कपबाट बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्: