birat ribon

कठिन जित आत्मसाथ गर्दै युभेन्टस कोपा इटालियाको अन्तिम आठमा

Neuro
कठिन जित आत्मसाथ गर्दै युभेन्टस कोपा इटालियाको अन्तिम आठमा

विराटनगर । युभेन्टस कोपा इटालियामा अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको कोपा इटालियाको अन्तिम १६ को खेलअन्तर्गत जेनोआलाई ३–२ गोलले हराउँदै युभेन्टस क्वार्टरफाइनलमा प्रवशे गरेको हो ।

युभेन्टसको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । २८औं मिनेटमा अल्भारो मोरोटाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

cura insider
Image

२८औं मिनेटमा लेनार्ट क्रिबोराले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ७४औं मिनेटमा फिलिपो मेलेगोनीले गोल गर्दै जेनोआलाई बराबरीमा फर्काए ।

खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । १०४औं मिनेटमा हम्जा राफियाले गोल गर्दै युभेन्टसलाई ३–२ गोलले जिताए ।

यससँगै युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनल पुग्ने चौथो क्लब बन्यो । यसअघि एसी मिलान, इन्टर मिलान र नापोलीले अन्तिम आठमा स्थान पक्का गरिसकेका छन् ।

युभेन्टस सर्वाधिक धेरै कोपा इटालियाको उपाधि जित्ने टोली हो । उसले १३ पटक उपाधि जितेको छ ।

jackson ribon