Rumpum Advertisement

विश्वमा एकै दिन १५ हजार सात सय सङ्क्रमितको मृत्यु

Neuro
विश्वमा एकै दिन १५ हजार सात सय सङ्क्रमितको मृत्यु

विराटनगर । विश्वमा एकै दिन १५ हजार सात सय बढी कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार सात सय ६३ सङ्क्रमितको ज्यान गएसँगै विश्वमा हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या १९ लाख ८४ हजार आठ सय ८५ पुगेको छ । हालसम्म नौ करोड २७ लाख १५ हजार चार सय ७१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । एकै दिन सात लाख ११ हजार सात सय ४२ नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये छ करोड ६२ लाख ४४ हजार तीन सय ८१ जना उपचारपछि निको भएका छन् । दुई करोड ४४ लाख ८६ हजार दुई सय पाँच जनाको उपचार जारी छ । उपचाररतमध्ये एक लाख १० हजार छ सय ५० सङ्क्रमितको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन तीन हजार छ सय ५१ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म अमेरिकामा तीन लाख ९३ हजार चार सय ८० सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा दुई लाख १० हजार नौ सय ७६ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या दुई करोड ३५ लाख ८८ हजार पाँच सय ७९ पुगेको छ ।

अमेरिकामा सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ३९ लाख ४७ हजार छ सय ८१ जना उपचारपछि निको भएका छन् । ९२ लाख ४७ हजार चार सय १८ जना उपचाररत रहेकोमा २९ हजार दुई सय १३ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्कै दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन एक सय ९४ जनाको ज्यान गएसँगै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५१ हजार सात सय ५८ पुगेको छ । १६ हजार सात सय ५७ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड पाँच लाख १२ हजार पाँच सय ७३ पुगेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड एक लाख ४६ हजार ३२ जना निको भएर घर फर्किएका छन् । दुई लाख १४ हजार सात सय ८३ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा हालसम्म दुई लाख छ हजार नौ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८३ जनाको ज्यान गयो । ६१ हजार आठ सय २२ जना नयाँ बिरामी एकै दिन थपिएपछि सङ्क्रमित सङ्ख्या ८२ लाख ५७ हजार चार सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये ७२ लाख ७७ हजार एक सय ९५ जना उपचारपछि सामान्य जीवनमा फर्किएका छन् । सात लाख ७४ हजार दुई सय ५५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्: