birat ribon

पेनाल्टी सुटआउटमा चम्क्यो बार्सिलोनाको भाग्य, सोसिडाडलाई हराउँदै फाइनलमा

Neuro
पेनाल्टी सुटआउटमा चम्क्यो बार्सिलोनाको भाग्य, सोसिडाडलाई हराउँदै फाइनलमा

विराटनगर । बार्सिलोना स्पेनिस सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार सुपरकोपा डी स्पानाको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।

स्पेनस्थित अर्चेन्जल स्टेडियममा निर्धारित समय र थपिएकाे समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा ३–२ गोलको जित निकाल्दै बार्सिलोना उपाधि नजिक पुगेकाे हो ।

cura insider

पेनाल्टीमा जानुअघि कप्तान लियोनल मेस्सीविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा सुरुआती अग्रता बनाएको थियो । ३९औं फ्रेन्की डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

५१औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा खेल १–१ को बराबरीमा सकिएको थियो ।

त्यसपछि थपिएको अतिरिक्त समय पनि गोलरहित बराबरीमा सकिँदा खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा बार्सिलोनाका एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङ चुकेका थिए भने सोसिडाडका तीन खेलाडी पनि पेनाल्टीमा असफल भए ।

अब बार्सिलोनाले रियल मड्रिड र एथ्लेटिक क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा रियल र बिल्बाओले खेल्न लागेका छन् । सुपर कपको फाइनल खेल १७ जनवरीमा हुनेछ ।

बार्सिलोना सर्वाधिक धेरै पटक सुपर कपको उपाधि जित्ने टोली हो । उसले हालसम्म १३ पटक उपाधि जितेको छ ।

jackson ribon