Rumpum Advertisement

नेयमारको गोलमा पिएसजीलाई सिजनको पहिलो उपाधि

नेयमारको गोलमा पिएसजीलाई सिजनको पहिलो उपाधि

विराटनगर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सिजनको पहिलो उपाधि जितेको छ । बुधबार राति मार्सेलीलाई हराउँदै पिएसजीले ट्रफी डेस च्याम्पियनको उपाधि जितेको हो ।

लेन्सस्थित स्टेड बोलार्टमा भएको फाइनल खेलमा पिएसजीलाई जिताउन माउरो इकार्डी र नेयमारले समान एक–एक गोल गरे । मार्सेइलीका ड्रिमिट्री पायटले एक गोल फर्काए ।

psg-trophy.png

खेलको ३९औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ८५औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।

८९औं मिनेटमा मार्सेइलीका पायटले सान्त्वना गोल गरे ।

जितसँगै पिएसजीले सर्वाधिक धेरै पटक ट्रफी डेस च्याम्पियनको उपाधि जितेको छ । उसले दस पटक उपाधि जितिसकेको छ । मार्सेलीले भने तीन पटक उपाधि जितेको छ ।

फ्रेन्च लिग वान र कोपा डी फ्रान्सका विजेता टोलीले ट्रफी डेस च्याम्पियनको उपाधिका खेल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्: