Rumpum Advertisement

मनमोहन अधिकारी र ओली मात्रै जनपक्षीय काम गर्ने प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

Neuro
मनमोहन अधिकारी र ओली मात्रै जनपक्षीय काम गर्ने प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ

विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताएका छन् ।
लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१ं.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको स्पष्ट पारेका हुन् ।
‘सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेका कारण अहिलेको अवस्था आएको हो’ मुख्यमन्त्री गुरुङले भने, ‘कम्युनिष्ट पार्टीका धेरै प्रधानमन्त्री भए पनि मनमोहन अधिकारी र केपी शर्मा ओलीले मात्र जनपक्षीय काम गरेका छन् ।’
कमजोर सरकार भए पनि मनमोहनले भारतमा असमान सन्धि पुनरावलोकनको कुरा उठाएर भारतलाई झस्काएको र त्यसपछि समृद्धिका लागि काम गर्ने प्रधानमन्त्री ओली मात्रै भएको मुख्यमन्त्री गुरुङले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्: