birat ribon

मेस्सी प्रशिक्षणमा अनुपस्थित, आज नखेल्ने सम्भावना प्रवल

Neuro
मेस्सी प्रशिक्षणमा अनुपस्थित, आज नखेल्ने सम्भावना प्रवल

विराटनगर । बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबको प्रशिक्षणमा अनुपस्थित भएका छन् । प्रशिक्षक रोनाल्ड कोइम्यानले स्पेनिस सुपर कपको खेलको पूर्वसन्ध्यामा मेस्सी बुधबारको प्रशिक्षणमा अनुपस्थित भएको पुष्टि गरे ।

असहज अनुभव गरेका कारण उनी रियस सोसिडाडविरुद्धको खेलका लागि प्रशिक्षणरत बार्सिलोनाको टोलीमा अनुपस्थित भएका हुन् । स्पेनिस सुपर लिगअन्तर्गत आज बार्सिलोना र रियल सोसिडाडले खेल्दैछन् ।

cura insider

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने सुपरकोपा डी स्पानाको सेमिफाइनलमा यी दुई टोली आमने–सामने हुन लागेका हुन् । स्पेनस्थित अर्चेन्जल स्टेडियममा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जि निकाल्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछन् ।

शनिबार ला लिगाअन्तर्गत ग्रानडासँगको खेलमा ४–० गोलको जित निकाल्दा मेस्सीलगायत केही अन्य बार्सिलोनाका खेलाडीले असहज अनुभव गरेका थिए । त्यसैले उनले आजको खेल खेल्नेमा पनि शंका उत्पन्न भएको छ । तथापि, यस विषयमा टोलीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

बार्सिलोना सर्वाधिक धेरै पटक सुपर कपको उपाधि जित्ने टोली हो । उसले हालसम्म १३ पटक उपाधि जितेको छ । आजको खेलमा जित निकाल्ने टोलीले रियल मड्रिड र एथ्लेटिक क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ ।

भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रियल र बिल्बाओले खेल्न लागेका हुन् । सुपर कपको फाइनल खेल १७ जनवरीमा हुनेछ ।

jackson ribon