Rumpum Advertisement

शिशिर भण्डारी दुर्घटनामा परेपछि..(भिडियो)

Neuro
शिशिर भण्डारी दुर्घटनामा परेपछि..(भिडियो)

काठमाडौं । अहिले सामाजिक सञ्जालमा कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारी दुर्घटनामा परेको दृश्य चर्चामा छन् । आफूले कुदाइरहेको स्कुटर दुर्घटना परेपछि घाइते अवस्थामा देखिएको सञ्चारकर्मी भण्डारीका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

भाइरल बनेका तस्बिर शिशिर भण्डारीको नयाँ म्युजिक भिडियो ‘भोलि हामी भेट्छौँ’ को दृश्य हो । भर्खरै रिलिज भएको सो नयाँ गीतमा गायिका सुजता केसी र भण्डारी आफैँको आवाज रहेको छ ।

गीतको भिडियोमा शिशिर भण्डारी, सुजता केसी, गरिमा शर्मा, गणेश केसी र लक्ष्मण अधिकारीको लगायतको अभिनय रहेको छ । गीत शिशिर भण्डारीको युटुब च्यानल ’नयाँ नयाँ न्युज नेपाल’मा उपलब्ध छ ।